Shikhar Insurance
National Life

आर्थिक मन्दीको असर : सिप्रदी ट्रेडिङको व्यापार ९ महिनामा १३ अर्बमा सीमित

सिंहदरबार संवाददाता
२०८१ श्रावण ८, मंगलवार १२:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । धेरै कर दाखिला गरेर सम्मानित हुने सिप्रदी ट्रेडिङ प्रालि आर्थिक मन्दीको मारमा परेको छ । कमर्सियल भेहिकलको मार्केट गिर्दै गएपछि कम्पनीको व्यापारमा गम्भिर धक्का पुगेको हो ।

वार्षिक ३१ अर्बभन्दा धेरै व्यापार गर्ने कम्पनीको कारोबार पछिल्लो समयमा निरन्तर गिरावट देखिएको छ । कम्पनीले गत आवको ९ महिनामा १३ अर्ब  बढीको कारोबार गरेको छ । ईक्रा नेपाल लिमिटेडले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीले ९ महिनामा १३ अर्ब ५४ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको कमर्शियल भेहिकल बिक्री घट्दा व्यापारमा असर परेको कम्पनीका कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए ।

कम्पनीले सन् २०२३ मा १८ अर्ब ३० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२२ मा कम्पनीले २८ अर्ब ९५ करोड ५० लाख व्यापार गरेको थियो । २०२२काे  तुलनामा २०२३ मा कम्पनीकाे व्यापारमा ३७.७८ प्रतिशतले गिराबट आएकाे थियाे ।

त्यस्तै, कम्पनीले सन् २०२१ मा २५ अर्ब ४१ करोड ९० लाख, सन् २०२० मा १९ अर्ब ७० करोड ५० लाख र सन् २०१९ मा ३१ अर्ब ३ करोड ५० लाख रुपैयाँकाे  व्यापार गरेको इक्राकाे तथ्यांकमा उल्लेख छ । कम्पनीको व्याज कभरेज रेसियो भने २०१९ मा २.४, २०२० मा १.३, २०२१ मा ३.८, २०२२ मा २.४, २०२३ मा ०.८ र ९ महिनामा ०.० रहेको तथ्यांकले देखाएको छ ।

सन् १९७९ मा स्थापित सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेड नेपालका लागि टाटा अटोमोबाइल्सको एकमात्र आधिकारिक वितरक हो । सिप्रदीले ३७ स्व-स्वामित्व र २७ डिलर नेटवर्क मार्फत देशभर व्यवसाय सञ्चालन गर्दै आएकाे  छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्