Shikhar Insurance
National Life

लाभांश पारित गर्न नेशनल लाईफले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण ८, मंगलवार ११:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार भदौं ७ गते नेशनल लाईफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आव २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७९/०८० को वासलात, आय-व्यय हिसाब, नाफा नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिष उपर छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजीको १० प्रतिशतका दरले ५८ अर्ब ११ करोड ६६ लाख ६४ हजार २ सय ५० नगद लाभांश पारित गर्ने सभाको एजेण्डा रहेको छ । संचालक समितिले प्रस्ताव गरे बमोजिम नगद लाभांश र वोनस शेयर वापतको कर प्रयोजनको लागि ३ करोड ६९ लाख २८ हजार ०६८.२९ नगद लाभांश स्विकृत गर्ने भएको छ ।

संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल अद्यावधिक रूपमा कायम रहेको पूंजीमा ४ चार प्रतिशतको दरले वोनस शेयरको रुपमा लाभांश २० करोड ४ लाख ६ हजार ५४७ प्रदान गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ । बोनस सेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछि अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने कम्पनीले जनाएको छ ।

सभाको प्रयोजनको लागि साउन २४ गते १ दिनका लागि कम्पनीको सेयरधनी दर्ता किताब बन्द गरिने कम्पनीले जनाएको छ । सेयरधनी दर्ता किताब बन्द भएको अघिल्लो कार्यरत दिन सम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम हुन आउने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्