Shikhar Insurance
National Life

श्रृजनशील लघुवित्तको साधारण सभा साउन ३२ गते, यस्ता छन् एजेण्डाहरु

सिंहदरबार संवाददाता
२०८१ श्रावण ८, मंगलवार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तिय संस्थाले साधारण सभा आह्वान गरेको छ । संस्थाको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार साउन ३२ गते विनायक होटल, गर्दिवास महोत्तरीमा बस्ने गरी साधारण सभा आह्वान गरेको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्नेछ ।
लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात आव २०७९/८० को नाफा नोक्सान हिसाव सोहि अवधिको नगद प्रवाह विवरण एवम् सोसँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने सभाको प्रस्ताव रहेको संस्थाले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सभामा संस्थाको आव ०८०/०८१ को लागि लेखापरिक्षक नियुक्ति गर्ने पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सदस्यको निर्वाचन गर्ने सम्बन्धमा सभामा छलफल हुने संस्थाले एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्