काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूलय स्थिर रहेको छ । अघिल्लो दिन १ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार स्थिर रहेको हो ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ६०० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्