Shikhar Insurance
National Life

त्रिशुली दुर्घटनामा हराएका हरुको खोजी गर्न १९७ सुरक्षाकर्मी परिचालन : प्रधानमन्त्री ओली

सिंहदरबार संवाददाता
२०८१ श्रावण ७, सोमबार १७:०५
Hyundai
NCELL
NIMB

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली यात्रु बस दुर्घटनामा हराएकाहरुको खोजी गर्न १९७ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले असार २८ गते त्रिशुलीमा भएको यात्रु बस दुर्घटनामा परेर हराएकाहरुको खोजी कार्य जारी रहेको बताएका हुन् । उनले खोजी कार्यमा नेपाली सेनाका १४ जना, नेपाल प्रहरीका ५६ जना र सशस्त्र प्रहरी बल नेपालका १२६ जनागरी १९७ जना सुरक्षाकर्मीले खोजी कार्य गरिरहेका जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै ५ जना भारतीय गोताखोर पनि परिचालन गरिएको उनले बताए । हराएका ६२ जनामध्ये हालसम्म २५ जनाको शव फेला परेको उनको भनाइ रहेको छ । जसमध्ये १८ जनाको सनाखत भएको र ७ जनाको सनाखत हुन बाँकी रहेको उनले जानकारी दिए ।

उनले नदीले बगाएका शवहरु भेटिन सक्ने सम्भावित स्थलहरु चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र भारतको पूर्वी चम्पारणसम्म खोजी कार्य भइरहेको बताए । उनले खोजी कार्यमा स्थानीय नागरिकहरु समेत संलग्न भएका जानकारी गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्