Shikhar Insurance
National Life

हावाबाटै सर्ने कोरोनाको सबै भन्दा खतरनाक नयाँ भेरियन्ट

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १७, सोमबार १२:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । हावाबाट सर्ने कोरोनाको नयाँ भेरियन्टको पहिचान भएको छ । भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत गरी समाचार सम्प्रेषण गरेको छ ।

भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोना भाइरस बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दावी गरिएको छ । यो नयाँ प्रजातिको भाइरस हावाबाट छिट्टै सर्नसक्ने अझ खतरनाक भाइरस भएको भियतनामी स्वास्थ्य अधिकारीले बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाइरस हावाबाट निकै छिटो सर्नसक्ने खालको रहेको बताए । नयाँ भेरिएन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन ।

सन् २०१९ को अन्त्यमा चीनको वुहानमा पहिलो पटक पत्ता लागेको कोरोना भाइरस सुरु भएयता हजारौं पटक यो भाइरस परिवर्तन भई कहीँ कमजोर त कहीँ थप खतरनाकरूप लिएको छ । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्