Shikhar Insurance
National Life

गत आवमा करिब १६ खर्बकाे आयात, ४ खर्ब २० अर्ब मात्रै उठ्याे राजस्व

सिंहदरबार संवाददाता
२०८१ श्रावण ७, सोमबार १६:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । गत आव १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाखको आयात भएको छ । भन्सार विभागका अनुसार पोहोरको तुलनामा आयात १.१६ प्रतिशतले घटेको हो ।

सो आयातबाट विभागले ४ खर्ब २० अर्ब १६ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।  निर्यात १ खर्ब ५९ अर्ब २९ करोड ८५ लाख रहेको छ । आर्थिक वर्ष २०७९/०८० को तुलनामा १.१६ प्रतिशतले कम रहेको छ । व्यापार घाटा १४ खर्ब ४० अर्व ६० कराेड पुगेकाे छ । गत वर्ष १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख रुपैयाँ पुगेको  थियाे । आर्थिक वर्ष २०७९/०८० को तुलनामा ०.९६ प्रतिशतले कम हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आर्थिमक वर्ष २०८०/०८१ को असार मसान्तसम्मा नेपालले १७ अर्ब ४५ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । अघिल्लो आवको सोहि अवधिमा १७ खर्ब ६८ अर्ब ८७ करोड २७ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । अघिल्लो आवको तुलनामा १.७२ प्रतिशत कम हो ।

आयात तर्फ धेरै राजस्व तिर्नेमा डीजेल पहिलो नम्बरमा परेको छ ।  भारतबाट १ खर्ब ४३ अर्ब ९७ करोड बराबरको डिजेल आयात भएको छ । जसबाट ५६ अर्ब ७६ करोड ५१ लाख राजस्व संकलन भएको छ ।

यस्तै, दोस्रो नम्बरमा पेट्रोल रहेको छ । यो अविधमा पेट्रोल आयातबाट आयल निगमले ६८ अर्ब १० करोड २० लाखको पेटोल आयत गरेको छ । जसमा राजस्व भने ३९ अर्ब ३३ करोड दाखिला गरेको छ । ग्यास आयातबाट १० अर्ब ३७ करोड ४९ लाख राजस्व संकलन हुदाँ चीनबाट मात्रै भित्रिएको चिनियाँ गाडीले ९ अर्ब १९ करोड ६८ लाख राजस्व दाखिला गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्