Shikhar Insurance
National Life

२९ अर्बको साढे ११ हजार इभी गाडी भित्रिदा १३ अर्ब मात्रै राजस्व, कर छलिले विकराल रुप लिदैं

रोशनी तामाङ
२०८१ श्रावण ८, मंगलवार ०९:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा ११ हजार वटा बढी इलेक्ट्रीक कार, जिप र भ्यान(इभी गाडी) भित्रीएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आव २०८०/०८१ मा ११ हजार ६ सय ७३ वटा इभी गाडी भित्रिएको हो ।

यी गाडी खरिद गर्न नेपाली व्यवसायीहरुले विभिन्न देशमा २९ अर्ब २७ करोड ४० लाख ६० हजार रुपैयाँ खर्च गरेका छन् । जसबाट सरकारले इलेक्ट्रीक कार, जिप र भ्यान (इभी गाडी) आयात मार्फत १२ अर्ब ९९ करोड ४ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आव २०८०/०८१ को असार मसान्तसम्म नेपालमा ५० किलोवाटको ४ हजार ५ सय ७१ वटा गाडी भित्रीएका छन् । त्यसैगरी, ५१ किलोवाट देखि १०० किलोवाटसम्मको गाडी ६ हजार ८ सय ८५ वटा र १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको २ सय १७ वटा गाडी नेपालमा आयात भएका छन् ।

२०७९/८० को तुलनामा गत वर्ष २०८०/८१ मा इभी गाडी करिब तीन गुणा बढी आयात भएको हो । त्यस्तै, २०७९/८० मा इलेक्ट्रीक कार, जिप र भ्यान (इभी गाडी) कुल ४ हजार ४६ वटा भित्रिएका थिए ।

जसका लागि नेपाली व्यवसायीले ११ अर्ब ८१ करोड ४६ लाख ८० हजार रुपैयाँको रकम खर्चिएका थिए । २०७९/८० मा नेपालमा ५० किलोवाटदेखि १०० किलोवाटसम्मको गाडी ३ हजार ४ सय ५६ वटा र ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको २ सय ७० वटा गाडी नेपालमा आयात भएका छन् ।

त्यसैगरी, १०० किलोवाटदेखि ३०० किलोवाटसम्मको १७ वटा गाडी नेपालमा आयात भएका छन् । इभी गाडीको आयात बढेसँगै पेट्रोल डिजेल गाडीको आयातमा भने गिरावट आएको छ । गतवर्ष ६ अर्ब ७ करोड रुपैयाँको गाडी आयात हुदाँ १२ अर्ब २० करोड राजस्व संकलन भएको छ ।

 कर छलिले विकराल रुप लिदैं

इभीको आयत बढेसँगै व्यवसायीहरुले कर छलि गर्न सुरु गरेका छन् । विद्युतिय सवारीमा सरकारले मोटर पिक पावरमा कर लगाउँदै आएको छ । तर व्यवसायीहरुले भने कम पिक पावर देखाएर राजस्व छलि गरिरहेको आरोप लाग्ने गरेको छ ।

इभी आयातको तथ्यांक हेर्दा पनि १ सय देखी २ सय किलोवाटको गाडी निकै कम मात्रै आयात भएको छ । यो सेग्मेन्टमा २ सय १७ वटा गाडी मात्रै आयात भएको छ । राजस्व सचिव डा. रामप्रसाद घिमिरेले ५१ देखि १ सय किलोवाट सम्मको गाडीमा विचलन देखिएको बताएका छन् । सचिव घिमिरेका अनुसार व्यवसायीहरुले कर छलि गर्ने उदेश्यले गाडी आयात गर्ने गरेको सार्वजनिक कार्यक्रममै औपचारिक भाषण गरेका हुन् ।

भन्सार विभागले जेठ ४ गते मातहतका कार्यालयहरुलाई पत्राचार गर्दै राजस्व छलि भएको भए उच्च सतर्कताका साथ असुल गर्न निर्देशन दिइसकेको छ । यस्तै, विभागले भन्सार जाँचपास परिक्षण कार्यालयलाई पनि अनुसन्धान गर्न निर्देशन दिइसकेको छ ।

उता, राजस्व अनुसन्धान विभागले पनि किलोवाट छलि भएको भन्दै साइमेक्स इंकले आयात गरेको बिवाईडी ब्राण्डको गाडीमा अध्ययन गरिरहेको छ । नेपालमा इभी आयात गर्ने प्राय कम्पनीहरुले भन्सार महसुल छलि गर्ने गरेको दाबी गरिएको छ । विभागले करिब १५ अर्ब राजस्व छलि भएको भन्दै अनुसन्धानलनई तिब्र बनाएको छ ।

 

 

 

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्