काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २.१५ अंकले बढेर २४८८.०९ मा पुगेको हो ।
सोमबार ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७ सय ११ कित्ता सेयर किनबेच हुदाँ १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४ सय ४० रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी, आज गणपति लघुवित्तको ९.९४ प्रतिशत, सिक्लेस हाइड्रोपावरको ८.६६ प्रतिशत, एनआइसी एशिया डिभेन्चरको ३.९४ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ३.९१ प्रतिशत सहित १४७ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्