काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.१५ अंकले बढेर २४८८.०९ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
सोमबार ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७ सय ११ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४ सय ४० रुपैयाँ ९८ पैसा कारोबार भएको छ ।
सोमबार ११५ कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
सोमबार हिमालया रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३६ करोड ९३ लाख ४८ हजार ७ सय ४१ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ६ सय ६१ रुपैयाँ २० पैसा रहेको छ ।
साथै, आज १ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने गणपति लघुवित्त वित्तीय संस्थाको ९.९४ प्रतिशतले सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्