काठमाडाैं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आम नागरिकको चाहनाअनुसार संविधान संशोधन हुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले संविधानको विशेषता नै संविधानमा उल्लेखित दफाहरु विधि, प्रक्रिया पूरा गरेर परिवर्तन गर्न सकिने बताए ।
उनले समयको माग, जनताको चाहना अनुसार संविधान परिवर्तन हुने जानकारी गरे । उनले संघीयताको मर्म र भवनाअनुसार कानूहरु बनाउन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको बताए । उनले जनताको चाहना पूरा गर्नका लाग काँग्रेस र एमाले मिलेर सरकार बनाएको बताए ।
उपप्रधानमन्त्री सिंहले तीन तहकै सरकार अधिकार सम्पन्न भएर काम गरेको भए अहिलेको अवस्था नआउने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्