Shikhar Insurance
National Life

एचआइडीसीएलको बुक क्लोज जेठ २८ गते, ११ अर्बको हकप्रद असार ५ गतेदेखि

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १७, सोमबार ११:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । एचआइडीसीएलले जेठ २८ गतेका लागि बुक क्लोजको मिति तोकेको छ । जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २८ गतेका लागि बुक क्लोजको मिति तय गरेको हो । जेठ २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा सेयर खरिद गरेका र त्यसको पाँच दिनसम्म राफसाफ भएर कायम रहेका सेयरधनीहरुले हकप्रद सेयर भर्न पाउनेछन् ।

कम्पनीले चुक्ता पुँजीको शत प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । ११ अर्बको चुक्ता पुँजी रहेको कम्पनीले असार ५ गतेदेखि हकप्रद सेयर जारी गर्ने भनेको छ । नेपालको हकप्रद सेयर निष्काशनको इतिहासमा सबै भन्दा ठूलो हकप्रद सेयर निष्काशन हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्