Shikhar Insurance
National Life

३५.५ प्रतिशत बोनस सेयरपछि राधीका लगानीकर्तालाई १४७.५२ प्रतिशत हकप्रद सेयर

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १७, सोमबार १०:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । राधी विद्युत कम्पनीका लगानीकर्ता मालामाल हुने भएका छन् । कम्पनीले आफ्ना लगानीकर्तालाई ३५.५ प्रतिशत बोनस सेयर दिने घोषणा गरिसकेको छ । अब कम्पनीका लगानीकर्ताले १४७.५२ प्रतिशत हकप्रद सेयर पनि पाउनेछन् ।

जेठ १६ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले लगानीकर्तालाई ३५.५ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ रुपैयाँ ५० पैसाको १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरका ९५ लाख ३५ हजार ७ सय ६० कित्ता बराबरको ९५ करोड ३५ लाख ६० हजार ६ सय ६० कित्ता बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ ।नेपाल धितोपत्र बोर्डको स्वीकृति र आगामी साधारण सभाबाट पास भएपछि राधीका लगानीकर्ताले सो मात्रामा हकप्रद सेयरमा लगानी गर्न पाउनेछन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्