Shikhar Insurance
National Life

चौथो त्रैमाससम्म आइपुग्दा निफ्राको खुद नाफा साढे १ अर्ब बढी

सिंहदरबार संवाददाता
२०८१ श्रावण ७, सोमबार १२:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । गत आवको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को खुद नाफा घटेको छ । गत आवको चौथो त्रैमाससम्म आइपुग्दा निफ्राको खुद नाफा ५.९८ प्रतिशतले घटेको हो ।

निफ्राको खुद नाफा घटेर १ अर्ब ३३ करोड ५ लाख ९३ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिसम्म निफ्राले १ अर्ब ४१ करोड ५२ लाख ६ हजार रुपैयाँको कारोबार गरेको थियो । बैंकको खुद ब्याज आम्दानी ६.४७ प्रतिशतले घटेर २ अर्ब ५४ करोड ९७ लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ । त्यस्तै खुद फि तथा कमिसनबाट हुने आम्दानी ५४.२६ प्रतिशतले घटेर १ करोड ४ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत वर्षको असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३९ पैसाले घटेर ६ रुपैयाँ १६ पैसामा सीमित भएको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १ सय १३ रुपैयाँ ७० पैसा रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्