काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणमा सेयर बिक्री तथा सेयर नामसारी प्रकृया अगाडि बढाएको हो ।
बैंकले चंचल देवी जैनको नाममा रहेका ७२ हजार ९ सय २७ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन ।
बैंकले जेठ ३१ गते विद्यमान संस्थापक सेयरधनीहरुको लागि ३५ दिने सूचना प्रकाशित गरेको थियो । सो अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरु मध्येबाट सेयर खरिदको लागि लिखित जानकारी पेश हुन नआएकोमा उक्त सेयर अन्य व्यक्ति/संस्थामा बिक्री खुल्ला गरेको बैंकले सूचनामार्फत जानकारी दिएको छ ।
उक्त सेयर खरद गर्न इच्छुक व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशित भएको ७ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आफुले खरिद गर्न चाहेको सेयर संख्याको व्यहोरासमेत खुलाई लिखित आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्