Shikhar Insurance
National Life

पामोलिन आयातमा क्रुड/तयारी विवाद, निर्यात नै बन्द हुने जोखिम

सिंहदरबार संवाददाता
२०८१ श्रावण ७, सोमबार ०९:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । भारत निर्यात भैरहेको पामोलिन आयातमा भन्सार छलि भएको निष्कर्ष भन्सार विभागले निकालेपछि निर्यात नै बन्द हुने जोखिम बढेको छ । भन्सार विभागले व्यवसायीहरुले क्रुड दाबी गरेको तेल तयारी रहेको प्रमाणित गरेपछि निर्यात बन्द हुने जोखिम बढेको हो ।

क्रुड पामोलिन भन्सार उपशिर्षक १५१११०.०० बाट आयात हुँदै आएको छ । यो शिर्षकबाट आयात हुदाँ १० प्रतिशत भन्सार महसुल तिर्नु पर्छ । तयारी पाम तेल १५१११०.०० बाट  जाँचपास हुँदै आएको छ । यो शिर्षकबाट आयात हुदाँ १५ प्रतिशत भन्सार महसुल तिर्नुपर्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भन्सार उपशिर्षक १५१११०.०० बाट जेठ महिनासम्ममा इन्डोनेशिया, मलेसिया, फिलिपिन्स लगायत देशबाट १० अर्ब ६ करोडको मूल्य बराबर पामोलिन आयात भैसकेको छ । जसबाट सरकारले १ अर्ब १३ करोड भन्सार महसुल समेत संकलन गरिसकेको छ । यसैगरी, जेठ महिनासम्ममा ५ अर्ब ६४ करोड बराबरको पामोलिन भारत निर्यात भैसकेको छ ।

पामोलिनमा व्यवसायी र भन्सारबिच विवाद बढ्दै गएपछि विषय अदालतसम्म पुगेको छ । सबैभन्दा पहिले विराटनगर भन्सार कार्यालयले जनकपुर रिफाइनरीजले ल्याएको पामोलिन शंकास्पद भएको भन्दै परिक्षणका लागि भन्सार विभाग पठायो । भन्सार विभागको प्रयोगशालाले जनकपुर रिफाइनरीजले ल्याएको पामोलिन तयारी भएको रिपोर्ट दियो ।

सो रिपोर्टको आधारमा विराटनगर भन्सार कार्यालयले जनकरपुर रिफाइनरीजले क्रुड भनेको पामोलिनलाई तयारी अर्थात भन्सार उपशिर्षक १५११९०.२० मा वर्गिकरण गर्यो । सो वर्गिकरणमा असहमति जनाउँदै कम्पनी उच्च अदालत पाटनमा पुग्यो । पाटन उच्च अदालतले धरौटी राखी ७ दिनभित्र जाँचपास गर्न भन्दै १ महिनाभित्र वर्गिकरण गर्न परमादेश समेत  जारी गरेको छ । अब अदालतले दिएको म्याद सकिन केहि दिन मात्रै बाँकी छ ।

सो अगावै विराटनगर भन्सार कार्यालयले तयारीमै वर्गिकरण गर्ने निष्कर्ष निकालेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालले भने, ‘हामीलाई क्रुड भनिएको पामोलिनमा शंका लागेर परिक्षण गर्दा तयारी भएको रिपोर्ट आइसकेको छ, अन्तर्राष्ट्रिय भन्सार अभ्यास र कानुन बमोजिम वर्गिकरण गर्छौं ।’

कार्यालयले क्रुड भनिएको पामोलिन तयारी भन्सार उपशिर्षक १५११९०.२० मा वर्गिकरण गरेमा निर्यात गर्ने बाटो बन्द हुन्छ । किनभने अन्तर्राष्ट्रिय भन्सार नियमका अनुसार तयारी भन्सार शिर्षकमा आयात गरेर तयारीमै निर्यात गर्न पाइदैन । अहिलेसम्म क्रुड भनि भन्सार जाँचपास गरी रिफाइन गरी भारत पठाउने गरेका छन् । विभागले तयारीमा वर्गिकरण गरेपछि निर्यात गर्ने सबै बाटो बन्द हुनेछ ।

तर व्यवसायी भने भन्सारले गलत  तर्क गरेको दाबी गर्दै आएका छन्। एक व्यवसायीले भने, ‘भन्सारले तयारी भनेको पामोलिन सिधैं खान मिल्दैन, जुन कुरा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि भनिसकेको छ, यदी भन्सारले तयारी हो भन्छ भने खान योग्य छ भनेर लेखिदिनु पर्यो, भन्सारको यस्तो गतिविधिले अब निर्यात नै बन्द हुने स्थितिमा पुग्यो ।’

विराटनगर भन्सारबाट फैलिएको यो विषय अहिले मेची भन्सार कार्यालय, वीरगंज भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय लगायतमा पुगिसकेको छ ।

विराटनगरले जस्तै अन्य भन्सार कार्यालयले पनि पामोलिन परिक्षण गर्न विभाग पठाएका छन् । विभाग पठाएको पामोलिन धमाधम तयारी भएको रिपोर्ट आइरहेको छ । क्रुड भनेर ल्याएको पामोलिन तयारी भएको खुलेपछि व्यवसायीहरु मुद्दामा गैरहेका छन् ।

वीरगञ्ज भन्सार कार्यालयमा कर्मचारीको मिलेमतो

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालको लगानी रहेको आरएमसी फुड्स प्रालीले ल्याएको पामोलिनमा पनि समस्या देखिएको छ । प्रालीले क्रुड भनेर दाबी गरेको तेलको नमुना भन्सार विभागमा परिक्षणको क्रममा छ ।

परिक्षणकै क्रममा रहेको तेल भन्सार  कार्यालयका कर्मचारीहरुले सुटुक्क जाँचपास गरिदिएपछि भन्सार विभागले अनुसन्धान सुरु गरेको छ । प्रालीको प्रज्ञापन पत्र नम्बर ७७७११५ बाट आयात भएको तेल जाँचपास भएपछि विभागले रोकेको हो । विभाग स्रोतले भन्यो, ‘विभागबाट हेर्नु, तथ्यागत जाँच गर्नु भन्दाभन्दै जाँचपास हुनु सरासर मिलोमतो हो, जाँचपासमा सहभागी कर्मचारीहरु समेतले सो कुरा स्वीकार गरिसकेका छन् ।’

प्रालीले ल्याएको २ लाख ५० हजार किलो पामोलिन मध्ये केही जाँचपास भैसकेको छ भने केहि जाँचपास हुन बाँकी छ । विवादमा आउने भएपछि ‘ब्याकडेट’मा धरौटी माग गरेका छन् ।

तयारी र क्रुडको विवाद लम्बिन थालेपछि केही व्यवसायीले आफूलाई पनि घुसको प्रस्ताव गरेको एक भन्सार कार्यालय प्रमुखले बताए । ती प्रमुखले भने, ‘मलाई पनि केहि व्यवसायीहरुले क्रुडमै पास गरिदिए यति रकम दिन्छौ भनेका थिए, मैले त्यसलाई अस्वीकार गरिदिए तर वीरगंजका साथीहरुले सोहि कुरालाई स्वीकार गर्नु भएको हुनसक्छ ।’

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्