Shikhar Insurance
National Life

बाइडेनले छाडे चुनावी मैदान ट्रम्पसँग भिड्न कमला ह्यारिसलाई समर्थन

सिंहदरबार संवाददाता
२०८१ श्रावण ७, सोमबार ०९:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी राष्ट्रपति निर्वाचनको मैदान छाडेका छन् । उनले आफु आगामी निर्वाचनमा उम्मेदवार नबन्ने भन्दै उप राष्ट्रपति कमला ह्यारिसलाई अघि सारेको घोषणा गरेका हुन् ।

डोनाल्ड ट्रम्पको आक्रामक चुनावी अभियानसँगै डेमोक्र्याटहरुले बाइडेनलाई चुनावी मैदान छाड्न दबाव दिईरहेका थिए । बाइडेनले यो समय ट्रम्पलाई रोक्नुपर्ने भएकाले आफु पछि हटेर ह्यारिसलाई अघि सारेको घोषणा गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बाइडेनले ट्रम्पसँगको बहसमा कमजोर प्रदर्शन गरेका थिए । बाइडेनको कमजोर डिबेट क्षमता र स्वास्थ्यको कारण देखाउँदै डेमोक्र्याटहरुले उनलाई पछि हट्न दबाव दिँदै आएका थिए ।

उता, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प भने झ शसक्त बन्दै गएका छन् । गत हप्ता उनीमाथि ज्यान लिने गरि गोली प्रहार भएको थियो, जसमा उनको कानको एक भागमा गोली लागेर उनी घाइते समेत भएका थिए । हत्या प्रयासबाट बाँच्न सफल भएपछि ट्रम्प थप शसक्त बन्दै गएका हुन् । आगामी चार महिनापछि अमेरिकामा राष्ट्रपति निर्वाचन हुँदैछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्