काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका छन् । आईतबार सत्ता सहकार्य गर्ने दलहरुसँगको बैठक बसेर उनले राजीनामा दिएका हुन् ।
उनले सरकारमा सहभागी दलहरुले विश्वासको मत लिने निर्णय गरेको भएपनि पुनः बैठक बसेर मार्ग प्रशस्त गर्न उचित हुने भएकाले सोहीअनुसार राजीनामा दिएको बताए । उनले भने, ‘सरकारमा सहभागी दलहरुले विश्वासको मत लिने निर्णय गरेका थियौँ । अहिले बैठक बसेर विश्वासको मत लिनु भन्दा आफ्ना कुरा प्रदेश सभामा राखेर राजीनामा दिएर नयाँ सरकारका निम्ति मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ, भन्ने भइसकेपछि मैले त्यही बाटो अपनाएको हुँ ।’
मुख्यमन्त्री जमकट्टेलले राजीनामा बुझाएसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्