Shikhar Insurance
National Life

नेपालमा पहिलो पटक आयोजित ‘फलिङ्ग वाल्स ल्याब’ प्रतियोगिताका विजेता प्रधान

सिंहदरबार संवाददाता
२०८१ श्रावण ६, आईतवार १६:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । जर्मन सरकारको शैक्षिक सहायता संस्था र काठमाडौं विश्वविद्यालयले संयुक्त रुपमा नेपालमा पहिलो पटक फलिङ्ग वाल्स ल्याब प्रतियोगिता आयोजना गरिएको छ ।

विगतमा पूर्बी र पश्चिम जर्मनी छुट्याउने बर्लीनको पर्खाल भत्काउने सोचका कारण आएको मानवले मनावहरुका समस्या समाधान गर्ने परिवर्तनकारी सोचलाई सम्बोधन गर्दै यस प्रतियोगितालाई फलिङ्ग वाल्स ल्याब नामाकरण गरिएको हो । विश्वका विभिन्न राष्ट्रमा आयोजना हुने यस प्रतियोगितमा नबिनतम सोचलाई निर्णायक मण्डल र दर्शकका अगाडी प्रस्तुती गर्ने गरिन्छ र विजेतालाई जर्मनीको बर्लीन शहरमा हुने प्रतियोगितामा पूर्ण प्रायोजन सहित सहभागी हुने अवसर प्राप्त हुने गर्दछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

काठमाडौं विश्वविद्यालयको विजनेश इन्क्युवेशन सेन्टर र इनरजाइज नेपालद्वारा संयुक्तरुपमा संचालन गरिएको थियो । २८ जनाले आवेदन पेश गरेका मध्ये १० जना प्रतियोगीहरू प्रस्तुति दिनका लागि छनौट भएका थिए। प्रतियोगितामा काठमाडौं विश्वविद्यालयबाट फ्रिन्सेन प्रधान प्रथम, त्रिभुवन विश्वविद्यालयबाट अन्जना तामाङ दोस्रो र सोही विश्वविद्यालयबाट गौरव अधिकारी तेस्रो भएका थिए भने काठमाडौं विश्वविद्यालयबाट अनुप गोदार को प्रस्तुतिलाई दर्शकले सर्वाधिक रुचाएका थिए ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थपा र सोही विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ्गका सहायक डीन र इनारजाइज नेपालका संस्थापक सम्पर्क व्यक्ति बृजेश अधिकारी, जर्मन राजदुतावासका डा स्टेफन रसेक, ड्याडकी डा कात्या लास्क को उपस्थिती रहेको कार्यक्रममा अधिकारीले यस्तो प्रतियोगिताले नविन्तम सोचको प्रवर्धन हुनका साथै युवाहरूलाई सकारात्मक र उन्नत सोच तिर आकर्षण गर्ने अवधारणा व्यक्त गरे ।

साथै, यस्ता कार्यक्रमहरुमा काठमाडौं विश्वविद्यालयको भुमिका सधा सकारात्मक हुने पनि जानकारी दिए । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले विजेताहरू र सहभागीहरूलाई बधाइ ज्ञापन गर्दै, विश्वविद्यालयको विजनेश इन्क्युवेशन प्राथमिकतामा परेको र हाल सम्म आफ्नो र अन्य सहयोगी स्रोतका माध्यमबाट ३७ वटा कम्पनी स्थापना र संचालनमा सहयोग गरेको जानकारी पनि दिए ।

उनले ड्याड र जर्मन सरकारले यस प्रतियोगिता संचालन गर्न विश्वविद्यालयसंग सहकार्य गरेकोमा धन्यवाद ज्ञापन गर्दै जर्मन सरकारको र शैक्षिक सहायता संस्थासंगै आवश्यक सहकार्य र सहयोग गर्न इच्छुक सधै रहेको पनि जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्