Shikhar Insurance
National Life

आज सिक्लेस हाइड्रोपावरसहित यी कम्पनीका लगानीकर्ता भए निराश

सिंहदरबार संवाददाता
२०८१ श्रावण ६, आईतवार १५:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा छलाङ आएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ६१.६१ अंकले बढेर २४८५.९४ मा पुगेको हो ।

आइतबार ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५ सय ३४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९० रुपैयाँ ९८ पैसा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज १ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । आज सिक्लेस हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको हो ।

त्यस्तै, नेपाल एसबीआई बैंक डिभेन्चरको ६.८४ प्रतिशत, ग्लोबल आइएमई व्यालेन्सको ५.९२ प्रतिशत, माथिल्लो मैलुङ खोला जलविद्युतको ५.५४ प्रतिशत सहित ८४ कम्पनीको सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्