काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा छलाङ आएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ६१.६१ अंकले बढेर २४८५.९४ मा पुगेको हो ।
३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५ सय ३४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९० रुपैयाँ ९८ पैसा कारोबार भएको छ ।
आज ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त, हिमालयन बैंक र गणपति लघुवित्तको सेयरमा सर्किट लागको हो ।
त्यस्तै, मन्डकिनी हाइड्रोवारको ९.८६ प्रतिशत, एनएमबी ५० को ९.५५ प्रतिशतसहित २१९ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्