Shikhar Insurance
National Life

वर्तमान सरकारप्रति जनताले देखाएको विश्वासको प्रमाण सेयर बजारले देखाएको छ : प्रधानमन्त्री ओली

सिंहदरबार संवाददाता
२०८१ श्रावण ६, आईतवार १४:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण सेयर बजार भएको दाबी गरेका छन् । उनले आईतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रको ऐना मानिने सेयर बजारमा हरियाली छाएको बताए । उनले ५० लाख बढी सेयर लगानीकर्ता संग्लन भएको शेयर बजार पछिल्लो दुई सातामा ४ सय अंकले बढेको बताए । उनले नेप्से २७ महिना यताकै उच्च भएको बताए । उनले अब सेयर बजार मात्रै नभएर देशको पूरै बजार चलायमान हुने विश्वास व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सिङ्गो देशलाई चलायमान बनाउने विश्वास वर्तमान सरकारसँग रहेको बताउँदै उन ले भने, ‘अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा हरियाली छाएको छ । ५० लाख बढी शेयर लगानीकर्ता संग्लन भएको शेयर बजार पछिल्लो दुई सातामा ४ सय अंकले बढेको छ । नेप्से २७ महिना यताकै उच्च भएको छ । हाम्रो सरकार प्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण यो हो । अब शेयर बजार मात्रै होइन । देशको पूरै बजार चलायमान हुनेछ । सिङ्गो देशलाई चलायमान बनाउने विश्वास हामीसँग छ । हामीले लामो अनुभव बटुलेका छौं । २०७२ को महाभूकम्प पुनःनिर्माण गरेको अनुभव छ ।’

उहाँले सिङ्गो देशलाई चलायमान बनाउने विश्वास वर्तमान सरकारसँग रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्