काठमाडौं । चिनले दिएको कोरोनाविरूद्धको खोप लिन नेपाली ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाज आज चिन जाने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले दिएको कोशेलीस्वरूप १० लाख डोज खोप लिन निगमको वाइडबडी सोमबार मध्यरातमा चीनको राजधानी बेइजिङ जान लागेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चीन सरकारले नेपाललाई तत्काल १० लाख डोज दिएको हो ।
त्रिभुवन बिमानस्थलको उडान अनुमति तालीकामा वायुसेवाको वाइडबडीले राती ११ बजे बेइजिङ उडान भर्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्