Shikhar Insurance
National Life

‘मेड इन नेपाल’ अभियानलाई थप सशक्त बनाउनुपर्छ :अध्यक्ष ढकाल

सिंहदरबार संवाददाता
२०८१ श्रावण ६, आईतवार १२:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘मेड इन नेपाल’ अभियानलाई थप सशक्त बनाउन नेपाल युवा उद्यमी मञ्चका सदस्यहरुलाई आग्रह गरेका छन् ।

नेपाल युवा उद्यमी मञ्चको शुक्रबार काठमाडौंमा भएको २० औँ वार्षिक साधारणसभालाई विशेष अतिथिका रुपमा सम्बोधन गर्दै ढकालले यस्तो बताएक हुन् । उनले करिब १५ वर्षअघि नेपाल युवा उद्यमी मञ्चले सुरु गरेको ‘मेड इन नेपाल’ अभियान धेरै संस्थाहरूको लागि प्रेरणाको स्रोत बनेको बताए । ढकालले नेपाल उद्योग वाणिज्य महासंघको युवा संगठनका रुपमा नेपाल युवा उद्यमी मञ्चले धेरै क्षेत्रमा नेतृत्व गरेकोमा प्रशंसा गरे । उनले नेपाल उद्योग वाणिज्य महासंघको प्रतिष्ठा बढाउन नेपाल युवा उद्यमी मञ्चका सदस्यहरूले गरेको कामको प्रशंसा पनि गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा सरकारले स्टार्टअप नीति पारित गरेको ढकालले भेलालाई जानकारी दिए । ढकालले नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअपलाई कानूनमा परिभाषित गर्न सफल भएको बताउँदै नेपाल युवा उद्यमी मञ्चका सदस्यहरूले उद्यमशीलता प्रवद्र्धनमा विशेष भूमिका खेल्नेमा आफू विश्वस्त रहेको ढकालले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघले महासंघको विधान संशोधनको मस्यौदा कार्यसमितिबाट पारित गरेको र नेपाल युवा उद्यमी मञ्चको अध्यक्ष पदेन रुपमा कार्यकारिणी समिति सदस्य रहने व्यवस्था समावेश गरिएको ढकालले जानकारी दिए । यसमा सदस्यताका लागि केही व्यवस्था गर्नुपर्ने बताउँदै उनले आगामी विशेष साधारणसभाले पारित गर्ने र नेपाल युवा उद्यमी मञ्चको नेतृत्व महासंघको नेतृत्वमा पनि पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

देशको अर्थतन्त्रका बारेमा बोल्दै ढकालले प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसँग भेटघाट गरेको बताए । निजी क्षेत्रको मनोबल उकास्न काम गर्न सरकारलाई आग्रह गरेको र सरकारले महासंघको सुझावहरु सकारात्मक रुपमा लिएको बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्