Shikhar Insurance
National Life

सरकारी निकायमा चार्टर्ड एकाउन्टेटको दरबन्दी व्यवस्था गर्न सरकार सकारात्मक छः अर्थमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ श्रावण ६, आईतवार १२:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकान्टेण्टको लागि दरबन्दीको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् ।

शनिबार साँझ काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको दशौँ परिषद्को शपथग्रहण समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले राज्यका संवद्ध निकायहरुमा चार्टर्ड एकान्टेण्टको दरबन्दी राख्ने विषयमा सरकार छिट्टै निष्कर्षमा पुग्नेगरी पहल गर्ने प्रतिवद्धता जनाए । उनले राज्यका संवद्ध निकायहरुमा अर्थ मन्त्रालय,अर्थ मन्त्रालय मातहतका निकाय,महालेखापरीक्षक कार्यालय र त्यसका मातहतका निकाय लगायत अन्य निकायहरुमा चार्टड एकाउन्टेण्टका लागि दरबन्दीको प्रवन्ध गरिने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थमन्त्री पौडेलले राज्यमा संवद्ध निकायमा चार्टर्ड एकान्टेण्टहरुको लागि दरबन्दीको व्यवस्था हुनुपर्ने मागमा सकारात्मक रहेको बताउँदै मुलुकको लेखा प्रणालीलाई प्रभावकारी र पारदर्शी बनाउन चार्टर्ड एकान्टेण्टहरुको महत्वपूर्ण भुमिका रहेको बताए । अर्थमन्त्री पौडेलले कर प्रणालीमा सुधार, आर्थिक पारदर्शिता, जवाफदेहिता र कर्तव्यपरायणता मुलुकको उन्नतिको पूर्वशर्त रहेको बताए । उनले आगामी दिनमा कर प्रणाली र लेखा परीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोग सहित चार्टड एकाउन्टेण्टको विधालाई प्रभावकारी सशक्त र विश्वसनीय बनाउनको निम्ति चार्टड एकाउन्टेण्ट संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरे ।

उनले भने, ‘आगामी दिनमा कर प्रणाली र लेखापरीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोग सहित चार्टड एकाउन्टेण्टको विधालाई प्रभावकारी,सशक्त र विश्वसनीय बनाउनको निम्ति चार्टड एकाउन्टेण्ट संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । पछिल्ला दिनहरुमा चार्टड एकाउन्टेण्ट सरकारका संवद्ध निकायहरुमा चार्टड एकाउन्टेण्टको दरबन्दी प्रवन्ध हुनुपर्छ भन्ने कोणबाट पनि आवाजहरु उठिरहेका छन् । छलफल चलिएरहेको छ ।’

‘हामीले लेखापरीक्षणको क्षेत्रमा जुन गुणस्तरको अपेक्षा गरेका छौँ । त्यो गुणस्तर कायम गर्नको लागि राज्यका संवद्ध निकायहरुमा अर्थ मन्त्रालय,अर्थ मन्त्रालय मातहतका निकाय,महालेखापरीक्षक कार्यालय र त्यसका मातहतका निकाय लगायत अन्य निकायहरुमा चार्टड एकाउन्टेण्टका लागि दरबन्दीको प्रबन्ध गर्नुपर्छ । त्यो प्रवन्धका साथ सरकारले लेखापरीक्षणको कामलाई अगाडी बढाउनुपर्छ भन्ने कोणबाट माग र विचारहरु आइरहेका छन् । त्यसमा मेरो सकारात्मक दृष्टिकोण रहेको छ । केही समय लाग्नसक्छ । यो मागलाई सार्थक तुल्याउनको निम्ति पहल कदमी लिन्छु’ उनले बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चार्टर्ड एकान्टेण्टले देखाएको पारदर्शी दक्षताले सरकारी निकायहरुमा चार्टर्ड एकान्टेण्टको दरबन्दी गर्नुपर्ने महशुस गरेको बताए । उनले सरकारले सरकारी निकायहरुमा लेखापरीक्षणमा चार्टर्ड एकान्टेण्टहरुले देखाएको राम्रो कामका आधारमा दरबन्दीकै व्यवस्था गर्ने पक्षमा सरकार पुगेको उल्लेख गरे । गभर्नर अधिकारीले चार्टर्ड एकान्टेण्टको महत्व र नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा पु¥याएको योगदान लोभ लाग्दो रहेको बताए ।

उनले चार्टर्ड एकान्टेण्टसंस्थाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरिरहेको उल्लेख गरे । उनले आगामी दिनमा पनि लेखाप्रणालीलाई पारदर्शी बनाउने गरी काम गर्न थप सक्रियता बढ्ने अपेक्षा रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्