Shikhar Insurance
National Life

३० करोड वटा नेपाली १०० रुपैयाँका नयाँ नोट छाप्न राष्ट्र बैंकले गर्‍यो बोलपत्र आह्वान

सिंहदरबार संवाददाता
२०८१ श्रावण ६, आईतवार १२:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० करोड वटा नेपाली १०० रुपैयाँका नयाँ नोट छाप्न अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको छ । बैंकले आज(आइतबार) एक सूचना प्रकाशन गर्दै नोटको डिजाइनसहित प्रिन्टिङ, आपूर्ति र डेलिभरीसहितको जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको हो ।

नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताबाट राष्ट्र बैंकले गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ । इच्छुक आपूर्तिकर्ताले आउँदो सेप्टेम्बर ३ तारिखसम्म बोलपत्र पेस गर्न सक्नुपर्ने छ । प्रतिबोलपत्र २० हजार रुपैयाँ(१५० अमेरिकी डलर), १४० युरो वा १२० पाउन्ट स्टेर्लिङ लाग्ने राष्ट्र बैंकले जनाएको छ। बिडिङ सबै पूर्व-योग्य बोलीकर्ताहरूको लागि खुला रहेको बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

योग्य बोलपत्रदाताहरूले नेपाली रुपैयाँ १०० मूल्यको सर्कुलेशन बैंक नोट र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बिडिङ अन्तर्गत सम्बन्धित सेवाहरू एकल चरण दुई खाममा छुट्टा-छुट्टै छापसहितको दुईवटा आवेदन हाल्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

पूर्व-योग्य बोलपत्रदाताहरूले नेपाल राष्ट्र बैंकको कार्यालय, मुद्रा व्यवस्थापन विभाग, बालुवाटार, काठमाडौं, नेपाल र नेपाल राष्ट्र बैंकको कार्यालय, मिन्ट डिभिजन, बबरमहल, काठमाडौं, नेपालबाट बोलपत्र कागजातहरूको पूर्ण सेट खरिद गर्न सकिने बैंकले सूचनामार्फत जानकारी दिएको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्