काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले साउन २४ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता न्युनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । कम्पनीले ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय, रामेछापबाट पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।
हकप्रद सेयर निष्काशन भद्र १२ गते बन्द हुने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्