काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । आइतबार सुन प्रतितोला १३ सय रुपैयाँले घटेको हो ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन (शुक्रबार) सुन प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ४६ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्