Shikhar Insurance
National Life

२७ बर्ष लाग्यो एनआईसी एशिया बैंक, राजश्वमा योगदान साढे २६ अर्ब

सिंहदरबार संवाददाता
२०८१ श्रावण ६, आईतवार ०९:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंक २७ औं बर्षमा प्रवेश गरेको छ । २७ बर्ष अघि साउन ६ गते अर्थात आजकै दिन बैंकको स्थापना भएको थियो । बैंकले आफ्नो २७ बर्षे यात्राका सम्पूर्ण सहयात्रीहरुलाई बिशेष धन्यवाद भन्दै अझै सबल र शसक्त बैंकका रुपमा अघि बढ्दै जाने संकल्प पनि गरेको छ ।

‘२७ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ शुरू भएको हाम्रो अतुलनीय यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी २७ औं वार्षिकोत्सव मनाउन गइरहेका छौं ।’, बैंकले भनेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” नारासहित अघि बढिरहेको एनआईसी एशिया बैंकले अहिले डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेको बताएको छ ।
बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जालबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई बैंकले सेवा दिन सफल भएको दावी गर्छ ।

साथै, वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी बैंकिङ्ग सेवा दिईरहेको छ ।

बैंकले स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २६ अर्ब ५९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको बताएको छ । बैंकले गत अर्थिक वर्ष २०८०÷८१ मा मात्रै २ अर्ब ८९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको थियो ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले २७ औं बर्ष प्रवेश गरेको अवसरमा एक विज्ञप्ति प्रकाशित गर्दै नियामक, सेयरधनी, ग्राहक र कर्मचारी लगायत सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद दिएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्