Shikhar Insurance
National Life

बाहिर हल्ला मच्चिएझै खस्केको छैन आन्तरिक अर्थतन्त्र, ‘व्यक्ति कम्पनीको कारोबार र आम्दानी बढ्यो’

सिंहदरबार संवाददाता
२०८१ श्रावण ६, आईतवार ०९:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ मा देशभर आर्थिक गतिविधि बढेको देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा व्यक्ति तथा संस्थाको कारोबार र आम्दानी दुबै बढेको हो ।

गतवर्ष आयकर २ खर्ब ४१ अर्ब संकलन भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा २८ अर्ब बढि संकलन भएको छ । यद्यपी पुर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तिय संस्थाको फर्दर पब्लकि अफरिङ (एफपीओ) र वार्गेन पर्चेजमा कर असुल गरेको कारण आयकर बढेको देखिएको छ । यद्यपी बैंक तथा वित्तिय संस्थाबाट उठेको १३ अर्ब घटाउने हो भने पनि अघिल्लो आर्थिक वर्षको तुलनामा १५ अर्बले बढी आयकर संकलन भएको आन्तरिक राजस्व विभागको तथ्यांक छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आयकर भनेको व्यक्ति तथा संस्थाले आम्दानीमा तिर्ने कर हो । बढी कर तिर्ने भन्नाले आम्दानी बढेर नै तिरिएको कर हो । सरकारले व्यक्तिगत तर्फ वार्षिक ४० लाख भन्दा धेरै आम्दानी गर्नेलाई ३९ प्रतिशतको कर निर्धारण गरेको छ ।

यस्तै, आम्दानीको सिलिङ अनुसार कर निर्धारण गरेको छ । यसैगरी,संस्थागत आयकरतर्फ सरकारले ३० प्रतिशतसम्म आयकर असुल गर्ने गरेको छ । संस्थागत तर्फ पुस महिनामा अनुमानित नाफाको ४० प्रतिशत अग्रिम आयकर तिर्नुपर्छ भने चैत र असार महिनामा समान ३०-३० प्रतिशत आयकरको किस्ता तर्नुपर्ने व्यवस्था छ ।

देशभरको आर्थिक गतिविधि खस्किएको हल्ला चलेपनि राजस्व संकलनले भने फरक चित्र देखाएको आन्तरिक राजस्व विभागका एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘अहिले सटर बन्द भयो भनेर जुन प्रकृतिको हल्ला चल्ने गरेको छ, त्यसमा फरक तरिकाबाट विष्लेषण गर्नु जरुरी छ, पहिले सडक चोकमा व्यापार चल्ने गर्थ्यो, जसमा पार्किङ सुविधा नहुँदापनि व्यापार चल्थ्यो अहिले परिवेश बद्लिएको छ, धेरै सटरहरु भाटभटेनी र बिगमार्टले बन्द गरिदिएका छन्, अनलाइन मार्केटिङले पनि धेरै सटरको व्यापारलाई प्रभाव पारेको छ ।’

यसैगरी, निक्षेपकर्ताहरुले पनि गतवर्ष आम्दानी बढेको देखिएको छ । निक्षेपकर्ताले तिर्ने ब्याजकरमा पनि ११.९३ प्रतिशतको बढोत्तरी देखिएको छ । गतवर्ष व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ताले ३६ अर्ब ८४ करोड ब्याजकर दाखिला गरेका छन् । गतवर्ष ३२ अर्ब ९२ करोड कर दाखिला गरेका थिए ।

आर्थिक कारोबारको मुख्य सुचक मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा पनि १०.६५ प्रतिशतको बढोत्तरी छ । आन्तरिक भ्याट १ खर्ब ५७ अर्ब असुल भएको छ । अघिल्लो वर्ष यस्तो भ्याट १ खर्ब १७ अर्ब मात्रै संकलन भएको थियो ।  अन्तशुल्क संकलनमा भने गिरावट देखिएको छ । गतवर्ष अन्तशुल्क १  खर्ब ४५ अर्ब संकलन भएको छ । बहालकर, स्वास्थ्य सेवा शुल्कमा गिरावट आउदा शिक्षा सेवा शुल्कमा ६३ प्रतिशतको बढोत्तरी देखिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्