Shikhar Insurance
National Life

आज प्रधानमन्त्री ओलिले बिश्वासको मत लिदै, दुई तिहाई पक्का

सिंहदरबार संवाददाता
२०८१ श्रावण ६, आईतवार ०६:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलिले आज अर्थात साउन ६ गते संसदमा बिश्वासको मत लिदै छन् । प्रधानमन्त्रीले बिश्वासको मत लिने प्रयोजनका लागि दिनको १ बजे प्रतिनिधि सभाको बैठक बोलाईएको छ ।
संविधानत: प्रधानमन्त्रीले कार्यभार सम्हालेको ३० दिन भित्र प्रतिनिधि सभाबाट बिश्वासको मत लिनुपर्ने ब्यवस्था छ ।
असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका ओलिले साउन ६ गते नै बिश्वासको मत लिन लागेका हुन् ।
नेपाली काङ्ग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलिलाई बिश्वासको मत पाउन कुनै समस्या छैन । ओलिले दुई तिहाई मतको बिश्वास पाउने देखिन्छ ।
ओलिको विपक्षमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा मात्रै खुलेका छन् ।

अहिले नै ओलि सरकारमा काङ्ग्रेस, एमाले, लोसपा, जसपा नेपाल सहभागी छन् । ती बाहेक जनमत, जसपा र राप्रपाले पनि बिश्वासको मत दिने छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एमाले-माओवादी गठबन्धन ताेडेर काङ्ग्रेस-एमालेले असार १७ गते नयाँ गठबन्धन गरेका थिए । संसदको बाकी कार्यकाल ओलि र देउवाले आधा-आधा समय प्रधानमन्त्री बन्ने र संविधान सन्सोधन गर्ने एजेन्डामा ओदे गठबन्धन बनेको हो । सहमति अनुसार पहिलो कार्यकाल ओलि प्रधानमन्त्री बनेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्