Shikhar Insurance
National Life

सिमलताल पहिरोमा हराएका यात्रु खोज्न ४ ट्रक प्राविधिक सामाग्री सहित भारतीय सहयोगको गोताखोर नेपाल आइपुग्यो

सिंहदरबार संवाददाता
२०८१ श्रावण ५, शनिबार ००:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । सिमलताल पहिरोमा हराएका २ बस सहित यात्रुहरु खोज्न भारतीय सहयोगको चार ट्रक नेपालको लागि हिडेको छ । भारतीय सहयोगको चार वटा ट्रक शुक्रबार राती नै नेपाल प्रवेश गर्ने भएको हो ।

२ बसमा सवार ६५ जना यात्रु मध्ये १९ जनाको शव भेटिसकेको छ । जसमध्ये १४ जनाको शव सनाखत भैसकेको छ । अन्य यात्रु र बसको अवस्था भने अझै अज्ञात छ । गृह मन्त्रालय स्रोतका अनुसार शुक्रबार बेलुकीपख गोरखपुरबाट ४ वटा भारतीय सहयोगको ट्रक नेपालको लागी हिडेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भारतीय सहयोगका लागि गृहमन्त्री रमेश लेखकले २ दिन अगाडी नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवसँग सहयोग गर्न प्रस्ताव गरेका थिए । गृहमन्त्री लेखकको आग्रहमा राजदुत श्रीवास्वले सहयोग गर्ने बताएका थिए । सहयोगको आग्रह गरेको केहि दिनमै भारत सरकारले सहयोग सामाग्री नेपाल पठाएको हो ।

अत्याधुनिक प्रविधिले शनिबार देखिनै खोजी कार्य सुरु गर्ने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्री ज्यूले भारतीय राजदुतसँग गरेको आग्रह बमोजिम भारतीय सहयोगको प्राविधिक सहायता नेपाल आइपुग्दै छ सम्भव त शनिबारबाट नै खोजी कार्य सुरु हुनेछ ।’

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्