Shikhar Insurance
National Life

त्रिविमा खुल्यो एक्चुअरीयल र डाटा साईन्सको भर्ना, पढाई सुरु गरेसँगै पाइन्छ आकर्षक जागिर

सिंहदरबार संवाददाता
२०८१ श्रावण ४, शुक्रबार २३:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । त्रिभुवन विश्व विध्यलयले बहुआयामीक विषयको अवधारण अनुरुप बजारमा प्रतिस्पर्धा गर्ने नयाँ नयाँ कार्यक्रम संञ्चालन गरेको छ । कक्षा १२ वा सो सरहको परीक्षा पास गरिसकेका विद्यार्थीहरुका निम्ति सेमेष्टर प्रणाली अनुसार एक्चुअरीयल साईन्स र डाटा साईन्स कार्यक्रम गणित विज्ञान स्कूलमा संञ्चालन गर्नका लागि भर्ना आव्हान गरेको हो ।

एक्चुअरियल साइन्स (Actuarial Science) विश्वमै आपूर्तिभन्दा माग धेरै भएको विषयका रुपमा कहलिएको र आकर्षक कमाई हुने एक्चुअरियल साइन्स विषयको पठनपाठन नेपालमा २०७३ साल देखी नै हुदै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भविष्यमा आउने जोखिम व्यवस्थापन गर्ने वा रणनीति बनाउने विशेषज्ञ नै एक्चुअरी हो । उत्कृष्ट पेशाको रुपमा लिइने एक्चुअरीको संख्या नेपालमा भने शुन्य अवस्थामा रहेको छ एकातिर एक्चुरीको अभावले नेपालका बीमा कम्पनीहरुले समयमा प्रतिवेदन तयार गर्न नसकेको अवस्था छ भने अर्कोतिर एनएफआरएस प्रणालीमा प्रतिवेदन निकाल्नुपर्ने र विगतभन्दा चुक्ता पूँजी कोष समेत बृद्धि भएकाले बैंक तथा बीम कम्पनीहरुमा एक्चुअरीको अभाव खड्किएको छ ।

बीमा व्यवसायका महत्वपूर्ण कार्यहरु बीमालेख तयार पार्न, बीमाशुल्क निर्धारण गर्न, बीमा दाबी पर्न सक्ने संख्याको पूर्वानुमान, कम्पनीको सम्पत्ति तथा दायित्वको अवस्थाको मूल्याङ्कन, बीमितलाई प्रदान गर्नुपर्ने बोनसदर निर्धारण गर्न एक्चुअरीको आवश्यकता पर्दछ ।

बीमांकीय मूल्यांकन जीवन बीमा कम्पनीहरुको लागि अपरिहार्य रहेको छ भने निर्जिबन बीमामा समेत यसको आवश्यकता पर्दछ । बीमा बाहेक बैंक, सञ्चयकोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका साथै लगानी व्यवस्थापन गर्ने निकायमा समेत यसको आवश्यकता पर्दछ ।

यस स्कुलबाट पासआउट भएका विद्यार्थीहरु मध्ये केही उच्च शिक्षा हासिलका लागि अमेरीका, यूरोप, अष्ट्रेलिया र धेरैजसो विद्यार्थीहरु नेपाल तथा भारतका विभिन्न कम्पनीहरुमा कार्यरत छन् । यो कोर्ष अध्ययन गर्नका लागि विद्यार्थीहरुले जुनसुकै धारवाट १०+२ वा सो सरहको परीक्षामा १०० पूर्णाङ्गको गणित वा वाणिज्य गणित विषयमा कम्तिमा C ग्रेड सहीत Final CGPA न्यूनतम १.८ वा दोश्रो श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्नेछ।

स्नातक तहमा विश्वमै उत्कृष्ट कोर्षको रुपमा चिनिएको डाटा साईन्स कार्यक्रम त्रि.वि.ले नेपालमा पहिलो पटक सञ्चालन गरेको हो । यो कोर्ष पुरा गरिसके पछि तथ्याङ्क विश्लेषकको जनशक्ति नेपालमै उत्पादन भई यसले एकातिर सरकारी तथा नीजि कम्पनी लगायत सेयर बजारका डाटा विश्लेषण गरी ट्रेन्ड पत्ता लगाउन सहज हुनेछ भने अर्कोतिर बाह्य देशको डाटाको काम बाट विदेशी मुद्रा हासील गरी देशको आर्थिक स्थीती मजबुत बनाउन भुमिका खेल्नेछ ।

विभिन्न अनुसन्धान अनुसार विश्वमै उत्कृष्ट एंव जागीरको लागि समेत अग्र स्थानमा आउन सफल डाटा साईन्स (Data Science) को माग समेत दिन प्रतिदिन बढ्दै गइरहेको छ । यो कोर्षमा Statistical Knowledge and Analysis, Mathematical Skill, Programming Language (C, R, Python), Machine Learning, Coding and Computing, Artificial Intelligence, Web Development and Software Design, NLP, Big Data, Cloud Computing, Deep Learning, Data Security, Digital Marketing, Blockchain Technology, Analytical and Critical Thinking, Simulation and Modeling लगायतका विषयहरु अध्यापन गराइनेछ।

यो कोर्ष अध्ययन गर्नका लागि विद्यार्थीहरुले जुनसुकै धारवाट १०+२ वा सो सरहको परीक्षामा Final CGPA न्यूनतम १.८ वा दोश्रो श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्नेछ ।

यी कोर्ष पढ्नका लागि विद्यार्थीहरुले गणित विज्ञान स्कूलको वेभ पेज : https://sms.tu.edu.np मा गएर २०८१ श्रावण ०१ गते बाट अनलाईन मार्फत आवेदन भर्न सक्नेछन् । आवेदन भरीसकेका विद्यार्थीहरुलाई ८० पूर्णाङ्कको लिखित परीक्षामा सामेल गराइनेछ ।

जस अन्तर्गत Mathematics, English र GK and IQ विषयको १ घण्टा ४५ मिनेटको Multiple Choice प्रश्नहरु भएको लिखित परीक्षा हुनेछ । लिखित परीक्षा उत्तिर्ण हुन ३५% अङ्क प्राप्त गर्नुपर्नेछ । लिखित परीक्षा उत्तिर्ण भएका विद्यार्थीहरुको १० पूर्णाङ्कको अन्तर्वाता र १० पूर्णाङ्कको शैक्षिक योग्यता वापतको मुल्याङ्कन गरिनेछ । तीनओटै परीक्षाको तालिकीकरण गरी १०० पूर्णाङ्कको मेरिट लिस्ट तयार गरिनेछ ।

जसको आधारमा स्कुलले त्रि.वि. सेमेष्टर प्रणाली संचालन विनियम २०७४ अनुसार निर्धारित ४० जनाको सिटमा ८०% (३२ जना) खुल्लावाट र २०% (८ जना) समावेशी कोटाको आधारमा भर्ना लिईनेछ ।

यी कोर्ष पुरा गर्न आठ सेमेष्टरको जम्मा खर्च पाँच लाख तीस हजार छ सय मात्र लाग्नेछ । केही रकम भर्ना गर्दा र बाँकी रकम हरेक सेमेष्टरको शुरुमा नै किस्तावन्दि रुपमा तिर्नुपर्नेछ । उत्कृष्ट नतिजा प्राप्त गर्ने एक जना छात्र र एक जना छात्रा लाई जेहेन्दार छात्रवृत्ति दिईनेछ र कुल भर्ना विद्यार्थीको १०% विद्यार्थीहरुलाई निःशुल्क छात्रवृत्ति प्रदान गरिनेछ ।

सेमेष्टर प्रणाली अनुसार अध्यापन गराइने यो कोर्षको ४०% आन्तरीक (३० पूर्णाङको) र ६०% (४५ पूर्णाङ्कको ) अन्तिम परीक्षा लिइनेछ । आन्तरीक परीक्षा अन्तर्गत प्रस्तुतीकरण, गृहकार्य, प्रोजेक्ट वर्क लगायत दुई ओटा एसिसमेन्ट लिइनेछ ।

हरेक सेमेष्टरको शुरुमै सम्बन्धित विद्यार्थीहरुलाई शैक्षिक पात्रो (Academic Calendar) दिइनेछ । सम्पूर्ण शैक्षिक गतिविधिहरु सोही पात्रो अनुसार संचालन गरिनेछ । अन्य कुरा यथावत रहेमा विद्यार्थीहरुले चार वर्षको कोर्ष ठिक चार वर्ष भित्रमै उक्त लेवलको प्रमाणपत्र पाइसक्नेछन् ।

हरेक सेमेष्टरको अन्तिममा लिएको जाँचको नतिजा समेत बढिमा एक महिना भित्रै प्रकाशन भइसक्नेछ । समयमा भर्ना, समयमै कक्षा, समयमै परीक्षा र समयमै नतिजा निकाल्नु यस स्कूलको लक्ष्य रहेको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्