Shikhar Insurance
National Life

वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको हो : वर्षमान पुन

सिंहदरबार संवाददाता
२०८१ श्रावण ४, शुक्रबार १८:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(मोओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको जिकिर गरेका छन् । पुनले शुक्रबार प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित तीन प्रतिपक्ष दलबीच सिंहदरबारमा भएको छलफलका क्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले बैठकमा आईतबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट विश्वासको मत लिने कार्यतालिका रहेको र सो विषयमा धारणा बनाउँन बैठक बसेको बताए । उनले प्रमुख प्रतिपक्ष दलसहितका प्रतिपक्ष दलहरु संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा धारणा बनाएको पनि बताए । उपमहासचिव पुनले दुई ठूला दल मिलेको सन्दर्भमा आम जनतामा लोकतन्त्र कमजोर हुने र निरंकुशतातिर जाने एवं प्रतिपक्ष कमजोर हुने आशंका व्यक्त भइरहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले एजेण्डा र स्प्रिड र एकताको हिसावले जनताको भावनालाई प्रतिनिधित्व गर्ने समझदारी प्रतिपक्ष दलहरुमा भएको बताए । उनले सत्तापक्ष निरंकुश बन्ने खतरा रहेको भन्दै प्रतिपक्षले त्यो हुन नदिने बताए ।

उनले भने, ‘आईतबार प्रधानमन्त्रीबाट विश्वासको मत लिने कार्यतालिका रहेको छ । त्यस विषयमा प्रमुख प्रतिपक्ष दल लगायत सम्पूर्ण प्रतिपक्ष दलहरु कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भयो । अहिले दुई ठूला दल मिलेको सन्दर्भमा आम जनतामा लोकतन्त्र कमजोर हुन्छ र निरंकुशतातिर जाने र प्रतिपक्ष कमजोर हुने आशंका व्यक्त भइरहेको सन्दर्भमा हामी एजेण्डा र स्प्रिड र एकताको हिसावले जनताको भावनालाई प्रतिनिधित्व गर्ने समझदारी भएको छ । वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको छ । संविधानको धारा ७६ को उपधारा ३ अनुसार बन्नुपर्ने सरकार हुनुपर्नेमा संविधान मिचिएको छ । त्यो कुरा संसदमा पनि र सरोकारवालासँग पनि लैजाने कुरा भएको छ । अरुसँग पनि आईतवार संसदअघि छलफल गर्छौं । सत्तापक्ष निरंकुश बन्ने खतरा छ । हामी जनताको कुरा कमजोर हुन दिँदैनाँै ।’

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्