Shikhar Insurance
National Life

स्वर्णलक्ष्मी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा साढे ५ करोड रकम ट्रान्सफर

सिंहदरबार संवाददाता
२०८१ श्रावण ४, शुक्रबार १७:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न गठित विशेष संसदीय समितिले प्रदेश र स्थानीय तहका नियामक निकायहरुसँग छलफल गरेको छ । शुक्रबार बसेको बैठकमा समितिले विभिन्न प्रदेश र स्थानीय तहका सहकारीका नियामक निकायका पदाधिकारीहरुसँग छलफल गरेको हो ।

छलफलमा वागमती प्रदेशका सहकारी विभाग रजिष्ट्रार राजेन्द्रप्रसाद पोखरेल र कानून अधिकृत मनोजकुमार गुप्ता, वीरगञ्ज महानगरपालिकाबाट सत्यराज घिमिरे र सुनिल कर्ण, लुम्बिनी प्रदेशबाट दर्ता अधिकृत भिमराज पोखरेल, पोखरा महानगरपालिकाबाट दीपक आचार्य र रजिष्ट्रार अनिल कार्की तथा काठमाडौं महानगरपालिकाबाट विभागिय प्रमुख बलराम त्रिपाठी र विज्ञ टीका कार्कीको उपस्थिति रहेको सभापति सूर्य थापाले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

छलफल सूर्यदर्शन, सानो पाइला, सुप्रिम, ईमेज, साहारा, समानता लगायतका सहकारी संस्थाहरुमा केन्द्रीत भएको उनले बताए । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले स्थानीय तह र प्रदेश स्तरमा सहकारी संस्थाहरुको अवस्था कस्तो छ भन्ने विषयमा छलफल भएको बताए । बैठकमा सूर्यदर्शन सहकारीका सम्बन्धमा पोखरा महानगरपालिकाले गठन गरेको छानविन समितिको प्रतिवेदनका बारेमा जानकारी लिएको बताए । त्यस्तै, सुप्रिम सहकारीको बारेमा पनि जानकारी लिएको उहाँको भनाई छ ।

सञ्चारकर्मीहरुलाई जानकारी दिँदै समिति सभापति थापाले भने,‘स्थानीय तह र प्रदेश स्तरमा सहकारी संस्थाहरुलाई व्यवस्थित गर्ने बारेमा कस्तो अवस्था छ भन्ने बारेमा छलफल ग¥यौँ । खासगरी सूर्यदर्शन सहकारीका सम्बन्धमा पोखरा महानगरपालिकाले गठन गरेको छानविन समितिको रिर्पोटको बारेमा जानकारी लियौँ । काठमाडौं महानगरपालिकाले ४० वटा सहकारी संस्थाको अनुगमन गरी तयार पारेको प्रतिवेदन र देखा परेको प्रवृत्तिको बारेमा हामीले छलफल ग¥यौँ ।’

त्यसैगरी, काठमाडौं महानगरपालिकाले ४० वटा सहकारी संस्थाको अनुगमन गरी तयार पारेको प्रतिवेदन र देखापरेको प्रवृत्तिको बारेमा पनि बैठकमा छलफल भएको सभापति थापाले जानकारी दिए । हालसम्म गोरखा मिडिया नेटवर्कमा गएको रकम एउटा ४ करोड ८८ लाख हजार २ सय ७१ रुपैयाँ ७६ पैसा र २० लाख र ५० लाखमध्ये गोरखा मिडियामा सिधै २० लाख र जिबी ग्रुप अफ कम्पनीमा ५० लाख गएको बताए ।

सबै गरी करिब साढे ५ करोड रुपैयाँ सूर्यदर्शक सहकारीबाट गएको रहेको बताए । जिबी राई, भूपेन्द्र राई, थानेश्वर बुढा, शिवबहादुर गुरुङ, कुमार रम्तेलको नाममा र उनीहरुको मार्फत हेमन्त अधिकारी र स्वर्णलक्ष्मी सहकारीको नाममा गएको बतए । उनले एउटा सहकारीको चेक अर्को सहकारीको नाममा ट्रान्सफर भएको पनि उदाहरण रहेको बताए । कुन चेक नम्बरबाट कुन मितिमा कसरी सहकारीको रकम पुगेको छ भन्ने पनि तथ्य प्राप्त भएको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्