Shikhar Insurance
National Life

मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने उपयुक्त माध्यम खेलकुद हो : राष्ट्रपति पौडेल

सिंहदरबार संवाददाता
२०८१ श्रावण ४, शुक्रबार १६:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन उपयुक्त माध्यम रहेको बताएका छन् ।

फ्रान्सको पेरिस शहरमा हुने ३३ औं गृष्मकालिन ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाई कार्यक्रममा पौडेलले उक्त धारणा राखेका हुन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा उनले उच्च मनोबल लिएर ओलम्पिकमा जान आग्रह गर्दै विश्वमाझ नेपालको नाम राख्ने अवसरको रूपमा खेलाडीले प्रतिष्पर्धा गर्ने विश्वास व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्रपति पौडलले दृढ संकल्प र अठोटका नेपाली खेलाडीले प्रतिष्पर्धा गर्नेमा आफू आशावादी रहेको बताए । सो अवसरमा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकका लागि नेपाली टोलीका सेभ दी मिसन समेत रहेका राष्ट्रिय खेलकुद परिषद्(राखेप) सदस्यसचिव टंकलाल घिसिङलाई झण्डा हस्तान्तरण गर्दै बिदाई गरे । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल र नेपालीको शीर उच्च राख्ने उद्देश्यसहित नेपाली टोलीको भावनाअनुरूप खेल्न शुभकामना दिए ।

देशमा राखेको रेकर्डसमेत ध्यानमा राखेर खेल्ने विश्वास व्यक्त गरे। आगामी जुलाई २२ देखि अगस्ट ११ सम्म पेरिस शहरमा ओलम्पिक हुँदैछ । सोही ओलम्पिकमा नेपालको तर्फबाट ६ खेलका सात खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्