Shikhar Insurance
National Life

संघीय संसद भवन निर्माण कार्य सन्तोषजनक छैन, छिटो सक्नुपर्‍योः सभामुख घिमिरे

सिंहदरबार संवाददाता
२०८१ श्रावण ४, शुक्रबार १५:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद भवन निर्माण कार्यमा ढिलासुस्ती भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित निकायसँगको छलफलमा उनले सो असन्तुष्टि व्यक्त गरेका हुन् ।

सभामुख घिमिरेले सो भवनको निर्माणका कार्य आगामी मंसीर भित्र सम्पन्न गर्ने लक्ष्य लिएपछि सो अनुसारको काम नभएको भन्दै आपत्ति जनाए । उनले सो भवनको निर्माण कार्य छिटो र गुणस्तरीय ढंगले सम्पन्न गर्न पनि मातहतका निकायलाई सचेत गराए । सो भवनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्ने कुरामा भने कुनै कन्जुस्याई नगर्न पनि सभामुख घिमिरेले सम्बन्धित पक्षलाई आग्रह गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसका लागि कुनै समस्या भए शहरी विकास मन्त्रालयले हेर्ने र त्यसमा आफूहरुले पनि आवश्यक सहयोग गर्ने सभामुख घिमिरेको भनाई छ । सभामुख घिमिरेले भने, ‘लेटेष्ट टेक्नोलोजी जे हो, त्यो कुरालाई प्रयोग गर्ने कुरामा हामीले कन्जुस्याई गर्नुहुन्न । किनभने बारम्बार बनाईरहने कुरा होइन । नयाँ भवन बनाईदैछ । र खासगरी यो टेक्निकल कुराहरुमा साउण्ड सिस्टमदेखि लिएर सबैमा लेटेष्ट टेक्नोलोजी प्रयोग गर्नुपर्छ । त्यो गर्दा हामीले हिजो ठेक्कागर्दा पुरानो टेक्नोलोजी के थियो, अव यो ५/७ वर्षको बीचमा धेरै प्रगति भएर आएको छ । त्यो प्रगतिलाई यसमा मिसाएर, त्यसलाई एडप्ट गर्नेगरी जाने हो ।’

‘नीतिगत अप्ठयारो के छ ?, आर्थिक अप्ठ्यारो के छ ?, टाईममा सक्ने कुरामा के छ ? यी कुराहरु गर्न जरुरी छ । तर, मुख्य कुरा चाँही कामको प्रगति सन्तोषजनक छैन । र, यसलाई टाईमभित्र सक्ने कुरामा चाँही मंसीर भित्र सक्ने गरी कागज गरेको भन्नुभयो । मंसीर आउनु भनेको त आज साउन ४ गते हामी कुरा गर्दैछौं । मंसीरसम्म त्यो सम्भव नै छैन नि । यही स्पिडले त सम्भव नै छैन । २ सिफ्टमा काम गर्ने भन्ने पनि गफमा नै सीमित भयो’ उनले भने, ‘म नै यहाँ आएको झण्डै २ वर्ष भयो । एक सिफ्टका लागि पनि चाहिने म्यानपावरहरु प्रयोग भएको देखिदैन । यसलाई हामी हामीमा धेरै कुरा गर्ने भन्दा पनि आज चाँही हाम्रो स्थितिमा बारेमा हामीबीच छलफल गरौं । कन्ट्रयाक्टरको कुरा तपाईहरुले सुने हुन्छ । सहरी विकास मन्त्रालयले यो काम गरिराखेको छ । हामीलाई यो काम छिटो सक्ने र गुणस्तरीय काम चाहियो । र लेटेष्ट टेक्नोलोजीमा जानुपर्छ भन्ने मेरो भनाई हो ।’

सभामुख घिमिरेले सो भवन निर्माणका लागि आवश्यक जनशक्ति परिचालन गर्न पनि सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्