Shikhar Insurance
National Life

चुनाव घोषणा गरेपछि लोकप्रिय बजेट ल्याइयोः डा महत

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १६, आईतवार २०:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले विद्यमान विकास आयोजना पूरा हुन नसकिरहेका बेला सरकारले ठूलो आकारको लोकप्रिय बजेट ल्याएको भन्दै आलोचना गरेका छन् ।

स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको ‘खस्किदो अर्थतन्त्र, कहाँ चुक्यो सरकार ? विषयक बजेट समीक्षा’ कार्यक्रममा उनले नीति र कार्यक्रम छलफलबिना नै निर्वाचन घोषणा गरेको सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“निर्वाचन तोकिसकेको सरकारले तलब, भत्ता वृद्धि र कर छुट दिएर निर्वाचनमा भोट पाउन अध्यादेशबाट लोकप्रिय बजेट ल्याएको छ, यो निर्वाचनमा जनतालाई प्रभाव पार्ने खालको बजेट हो,”– उजले भने “भएका कार्यक्रमलाई निरन्तरता दिनेमात्र कामचलाउ सरकारको काम हो, पुरक बजेट ल्याउन मिल्दैन ।”
नेपाल राष्ट्र बैँकका पूर्वगर्भनर डा चिरञ्जीवी नेपालले सरकारले पर्याप्त छलफल नगरी बजेट ल्याएको जनाउँदै भने, “भूकम्पको समयमा आउन नसकेको अनुदान तथा ऋण संसारभर फैलिएको कोरोनाको बेलामा कसरी आउन सक्छ ।’’
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले बजेट निर्वाचनमुखी आएको बताए । बजेट चाहिने ठाउँमा भन्दापनि नचाहिने ठाउँमा विनियोजन गर्न खोजेको उनको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्द पोखरेलले बजेटले सबै पक्षलाई छोएपनि यसको कार्यान्वयनमा चुनौतीपूर्ण रहेको उल्लेख गरे । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा शङ्कर शर्माले दलहरुबीचको प्रतिस्पर्धाका कारण सामाजिक सुरक्षामा रकम बढ्दा राज्यलाई थप भार पर्ने बताए । रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्