Shikhar Insurance
National Life

निर्माणका लागि असार कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छः सांसद अर्याल

सिंहदरबार संवाददाता
२०८१ श्रावण ४, शुक्रबार १४:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले निर्माण कार्यका लागि असार कुर्ने कुराको अन्त्य गर्न आवश्यक रहेको बताएकी छिन् । उनले शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै यस्तो बताएकी हुन् ।

उनले चैत्र महिनाअघि निर्माण कार्य सक्नुपर्ने र वैशाखसम्म राम्रोसँग मापदण्डअनुसार बनेको छ वा छैन भन्नेकुरा सरकारले निरीक्षण गर्न आवश्यक रहेको बताईन् । उनले पुथ्वी राजमार्ग कहिलेसम्म सुरक्षित बन्छ ? भन्दै प्रश्न गरिन् । उनले पर्याप्त अनुसन्धानअनुसार योजना बन्न नसक्दा पनि यस्ता दुर्घटना निम्तिएको बताईन् । उनले राजमार्गको सकुशल र सुरक्षित यात्राको लागि बाढी, पहिरोले प्रभाव नपर्ने गरी विश्वकै विज्ञलाई अध्ययन गर्न लगाइ बाइपास, राजमार्ग निर्माण गर्नुपर्ने बताईन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भनिन्, ‘यो वर्ष मात्रै करिव ११५ जनाले यस राजमार्गमा ज्यान गुमाइसकेका छन् । हालसम्मको खर्च र सरकारी बजेटको कुरै नगरौँ । कहिलेसम्म राष्ट्रका सबैभन्दा महत्वपूर्ण राजमार्ग सुरक्षित र सकुशल तरिकाले बन्ने हो ? लगभग पाँच दशकको कसरतपछि पनि यस राजमार्गको १५० किलोमिटर भन्दा कम सडक खण्ड अझै सही तरिकाले बनेको छैन । पर्याप्त अनुसन्धानअनुसार योजना बन्न नसक्दा पनि यस्ता दुर्घटना निम्तिएका त छैनन् । यस क्षेत्रमा हाम्रो ज्ञान अझै सिमिततामा रहेका त छैनौँ । यसमा सोच्नुपर्ने बेला भएको छ । यस राजमार्गको सकुशल र सुरक्षित यात्राको लागि बाढी, पहिरोले प्रभाव नपर्ने गरी विश्वकै विज्ञलाई अध्ययन गर्न लगाइ बाइपास, राजमार्ग निर्माण गर्नुपर्छ । निर्माण कार्यको लागि असरा कुर्ने ठिक होइन । चैत्र महिनाअघि सकाउनुपर्छ । वैशाखअगाडि मापदण्डअनुसार बनेको÷नबनेको मूल्यांकन सरकारले गर्नुपर्छ ।’

उनले महत्वपूर्ण निर्माण कार्यमहरु सरकार आफैँले सम्पन्न गर्नुपर्ने बताए । नेपालमा सडक निर्माणका लागि छुट्याइएको बजेट ५० प्रतिशत पनि राम्रोसँग लगानी नहुने गरेको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्