Shikhar Insurance
National Life

निर्माणाधिन संघीय संसद भवनकाे कार्य थपिएको समयमै पूरा गर्न सक्दो पहल गर्नेछुः उपप्रधानमन्त्री सिंह

सिंहदरबार संवाददाता
२०८१ श्रावण ४, शुक्रबार १३:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवन थपिएको समयसिमा भित्रै निर्माण कार्य पूरा गर्न आफूले सक्दो पहल गर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतका संघीय संसदका पदाधिकारीहरुले सो भवनको निर्माण कार्यप्रति सम्बन्धित निकायसँग चासो व्यक्त गरेपछि उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उपप्रधानमन्त्री सिंहले आफू भर्खरै मन्त्रालयमा आएकाले सम्बन्धित निकायसँग छलफल गरेर त्यसको विस्तृत विवरण सभामुख घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष दाहाललगायतका पदाधिकारीहरुलाई उपलब्ध गराउने र त्यसलाई समयमै अझ राम्रो ढंगले काम गराउन लागिपर्ने बताए । उनले राष्ट्रिय प्राथमिकतामा रहेको सो भवन निर्माणका कार्यमा ढलाई नगरी काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिए । उपप्रधानमन्त्री सिंहले सो भवन निर्माणका लागि कुनै समस्या भए हटाएर अघि बढ्न पनि आफूले पहल गर्ने बताए ।

उनले भने, ‘विभिन्न कारणवश यो ढिलाई हुन गएको छ । यहाँ सम्माननीय सभामुख, अध्यक्षज्युको इन्ट्रेष्ट के हो भने यो ढिलाई किन भयो, अथवा कन्ट्रोभर्सी केही छ कि ? यसमा अझ राम्रो गर्न सकिन्छ कि ? भन्ने कुरा हो उहाँहरुको । यो २०७६ सालमा नै ओके गरेर यो अगाडि बढेको हो । अब त्यो कामलाई प्र्रोग्रेस गर्दाखेरी यसमा चाहीँ अनावश्यक रुपमा ढिलासुस्ती भएको भए त्यसमा चाँही सबै एलर्ट भएर यसमा चेक गरेर प्रोग्रेस अगाडि बढाउनु प¥यो । हाम्रो के छ भने ठेक्कामा दिन्छौं । यसमा ठेकदारले ढिला गर्ने अनि मुद्दामा जाने । अनि यो प्रोजेक्ट त झनझन ढिला हुँदै जाने त्यो ट्रन्ट देखा परिराखेको छ । यो त नेपालको परिवेशमा हामीले सोच्नुप¥यो ।

के गरेर अव यसलाई टाइमली गर्नका लागि के गर्दा हुन्छ रु त्यो अव टेक्नेसिएनहरुसहित इन्भल्भ भएकाहरुले हामीलाई जानकारी गरायो भने हामीले हटाउनुपर्ने अवरोधहरु भए हटाएर अघि बढाउँछौं भन्ने कुरा राख्न चाहन्छु । र म सम्माननीय सभामुखज्यु, अध्यक्षज्युलगायतका सबैलाई तपाईहरुले यत्रो चासो दिएर हेरिराखेको यो प्रोजेक्ट हो । यो राष्ट्रिय प्राथमिकताको योजना पनि हो । म यो मन्त्रालयमा आएको छु । यसमा तपाईहरुसँग टचमा भएर यसको जानकारी गराएर टाईमली यसमा सकेसम्म यसमा अझ प्रगति राम्रो गर्नका लागि प्रयास गर्नेछु ।’ उनले बताए ।

त्यस अवसरमा उपप्रधानमन्त्री सिंहले सो भवन समयमै सम्पन्न गर्नका लागि चासो व्यक्त गरेको भन्दै सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष दाहाललगायतप्रति आभार व्यक्त गरेका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्