Shikhar Insurance
National Life

सिमलताल पहिरोः विकका परिवारलाई भरतपुर महानगरपालिकाद्वारा २ लाख सहयोग

सिंहदरबार संवाददाता
२०८१ श्रावण ४, शुक्रबार ११:१५
Hyundai
NCELL
NIMB

चितवन । भरतपुर महानगरपालिकाले त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान गरेको छ । महानगरपालिकाले बिहीबार विकका परिवारलाई २ लाखको चेक हस्तान्तरण गरेको हो ।

चेक महानगरपालिका प्रमुख रेनु दाहालले प्रदान गरेकी हुन् । गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर सुदीप विकले ज्यान गुमाएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पहिरोले बगाएका दुई बसमा ६२ जनाभन्दा बढी यात्री रहेका बताइको छ । बसमा यात्रा गरिरहेकामध्ये २० जनाको शव भेटिएका सुरक्षाकर्मीले बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्