Shikhar Insurance
National Life

तयारी नपुगेको भन्दै रोकियो मौद्रिक नीति, कारण बने अर्थ सचिव

सिंहदरबार संवाददाता
२०८१ श्रावण ४, शुक्रबार १०:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर्ने भनेको मौद्रिक नीति रोकिएको छ । चालू आर्थिक बर्षको मौद्रिक नीति पास गर्न भन्दै बिहान ८ बजे संचालक समिती बैठक डाकिएको थियो ।

तर संचालक समितिमा तयारी नपुगेको भन्दै आजलाई मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको छ । ‘आज मौद्रिक नीति ल्याउने भन्ने थियो, बोर्डमा तयारी नपुगेको भन्ने निष्कर्ष आएपछि आजका लागि सम्भव भएन’, राष्ट्र बैंक श्रोतले सिंहदरबारसंग भन्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिबारे अर्थमन्त्री बिष्णु पौडेललाई ब्रीफिङ गरेका थिए। मन्त्री पौडेलले भने नयाँ अर्थ सचिव आएपछी मात्रै मौद्रिक नीति ल्याउन गभर्नरलाई निर्देशन दिएको श्रोतले बतायो ।

अर्थमन्त्री पौडेलले केही दिन भित्रै अर्थ सचिव फेर्ने र आगामी हप्तामा मौद्रिक नीति ल्याउने वातावरण बनाउने वचन गभर्नरलाई दिएका थिए । मन्त्री पौडेलले अहिलेका अर्थ सचिव मधु मरासिनी रहुन्जेल कुनै ठुलो निर्णय नलिने बताउदै आएको श्रोतको दावी छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्