काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य २ हजार रुपैयाँले घटेको छ । अघिल्लो दिन ३०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार २ हजार रुपैयाँले घटेको हो ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन १ लाख ४९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन अघिल्लो दिन १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्