काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आज साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ । संस्थाले कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँबराबरको एफपीओ जारी गरेको हो।
संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ संस्थाले बिक्री खुला गरेको छ। साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी संस्थाको कुल चुक्तापुँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँ कायम भएको छ ।
संस्थापक शेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेको छ । अब सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन संस्थाले एफपीओ जारी गर्न लागेको संस्थाले जनाएको छ ।
लगानीकर्ताले यो एफपीओमा छिटोमा साउन ८ गते खरिद आवेदन दिन सक्नेछन्। साउन १८ गते बैंकिङ समयपछि निष्कासन बन्द हुने संस्थाले जनाएको छ । एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने संस्थाले जनाएको छ । अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
संस्थाको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।
प्रतिक्रिया दिनुहोस्