काठमाडौं । अर्थमन्त्री विषणु पौडेल असार ३१ गते सोमबार नियुक्त भएदेखि बजार र कारोबार रकम दुबै बढेको छ । आज साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ मा पुगेर बजार बन्द भएके छ । बिहीबार ३१२ कम्पनीको १५ अर्ब ५४ करोड ८८ लाख ७ सय ३८ रुपैयाँ कारोबार भएको छ ।
बिहीबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४२ करोड ४६ लाख ८३ हजार ५ सय ४२ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ९ सय ९७ रुपैयाँ ८० पैसा पुगेको छ ।
त्यस्तै, अपर तामाकोशी, ङागी गुप्र पावर, शाईन रेसङ्गा, कुमारी बैंक, सिईडिबी हाईड्रोपावर, हिमालयन रि, प्रभु बैंक, माउन्टेन इनर्जी र जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस्