Shikhar Insurance
National Life

दिनदिनै बढ्न थाल्यो सेयर बजार, २१ अर्ब कारोबारलाई बेक्र गर्ला ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३, बिहीबार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री विषणु पौडेल असार ३१ गते सोमबार नियुक्त भएदेखि बजार र कारोबार रकम दुबै बढेको छ । आज साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ मा पुगेर बजार बन्द भएकाे छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २ सय ३७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड ८८ लाख ७ सय ३८ रुपैयाँ कारोबार भएको छ ।

बिहीबार १४३ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको सेयर मूल्य घटेको छ र ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बिहीबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४२ करोड ४६ लाख ८३ हजार ५ सय ४२ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ९ सय ९७ रुपैयाँ ८० पैसा पुगेको छ ।

साथै, आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने कुमारी सबल योजनाको सेयर मूल्य ५.७६ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्