Shikhar Insurance
National Life

आईएमई लाइफले पायो केयर-एनपी ट्रिपल बि प्लस रेटिङ

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३, बिहीबार १२:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ ।

कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्युनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गर्छ । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष ‘केयर-एनपी ट्रिपल बि’ रेटिङ गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आव २०८०/०८१ को अवधिमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रुपमा दिगोपनको वृद्धिका साथै अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको रेटिङ परिमार्जन भएको हो । कम्पनीले निरन्तर रुपमा बीमा क्षेत्रको औसत खुद मुनाफाको तुलनामा राम्रो वृद्धि दर हासिल गरिरहेको छ ।

रेटिङ एजेन्सीले आव २०८०/८१ मा हकप्रद तथा सार्वजनिक शेयर जारी गरे पश्चातको कम्पनीको ल्भत ध्यचतज को वृद्धिलाई पनि मूल्याड्ढन गरेको छ, जसले गर्दा आव २०८०/८१ को अन्त्यमा लगानी आधारमा वृद्धि र वित्तीय स्वस्थतामा सुधार भएको छ। कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्ता पूँजीलाई ५ अर्ब रुपैयाँ समेत पुर्याएको छ ।

यस कम्पनीका प्रतिष्ठित संस्थापक सेयरधनीहरु, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन समूह, कम्पनीको सम्पत्तिको गुणस्तर, पर्याप्त पुनर्बीमाको व्यवस्था तथा फैलिदो शाखा सञ्जाल मार्फत बढ्दो भौगोलिक पहुँच र पछिल्लो २ आर्थिक वर्ष देखि नै मध्यम स्तरको सुरक्षित कम्पनी भएकै कारण रेटिङ एजेन्सीले परिमार्जित रेटिड्ड प्रदान गरेको हो ।

आगामी दिनहरुमा पनि कम्पनीले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने कुरामा कम्पनी प्रतिबद्ध रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्