Shikhar Insurance
National Life

शुक्रबार मौद्रिक नीतिः सेयर, घर जग्गा र अटोमोबाइल क्षेत्रका लागि ‘स्पेशल प्याकेज’

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३, बिहीबार ११:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोली (शुक्रबार ४ गते) मौद्रिक नीति ल्याउने भएको छ । राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरसहित उच्च व्यवस्थानका अधिकारीहरु मोबाइल अफ गरेर मौद्रिक नीतिको तयारीमा जुटेका छन् । शुक्रबार बिहान ८ बजेका लागि राष्ट्र बैंक सञ्चालक समितिको बैठक डाकिएको स्रोतले बतायो ।

‘भोली शुक्रबार नै मौद्रिक नीति आउँछ, बिहान ८ बजेका लागि सञ्चालक समिति डाकिएको छ, अहिले हाकिमहरु मोबाइल अफ गरेर छलफलमा बस्नु भएको छ’, राष्ट्र बैंक उच्च स्रोतले सिंहदरबारलाई भन्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाली काँग्रेस र नेकपा(एमाले)बीच (ओली-देउवा) ओदे गठबन्धन बनेसँगै गभर्नर महाप्रसाद अधिकारीका सहज परिस्थिति निर्माण भएको हो । आर्थिक बर्ष आरम्भ भएको एक हप्ताभित्र मौद्रिक नीति ल्याउने कार्यतालिका बनाएको राष्ट्र बैंकले अनुकुल समयको उपयोग गर्दै साउन ४ गते नै मौद्रिक नीति ल्याउन लागेको हो ।

अर्थतन्त्रको बाह्य क्षेत्र निकै बजबुत अवस्थामा रहेको छ भने आन्तरिक क्षेत्र संकुचित अवस्थामा छ । बजारमा माग निकै घटेको छ भने बैंकहरुले अधिक तरलताको समस्या झेलिरहेका छन् ।

बिष्णु पौडेल अर्थमन्त्री बनेसँगै सेयर बजारमा व्यापाक उत्साह देखिन्छ । घरजग्गा र अटोमोबाइल क्षेत्रलाई समेत चलायमान बनाउने गरि मौद्रिक नीति ल्याउन गभर्नरमाथि दबाव छ । गभर्नर अधिकारी पनि लचिलो मौद्रिक नीतिका लागि तयार देखिन्छन् ।
अर्थमन्त्री बिष्णु पौडेलसँग बिशेष सम्बन्ध रहेका गभर्नर अधिकारीले सेयर बजार, घरजग्गा र अटोमोबाइल क्षेत्रका लागि स्पेशल प्याकेज ल्याउने तयारी गरिरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्