Shikhar Insurance
National Life

व्यापारी खुसी हुने, उद्योगी दुःखी हुने बजेटः गोल्यान

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १६, आईतवार १३:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योगी पवन गोल्यानले आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटले व्यापारी मात्रै खुसी भएको बताएका छन् । नयाँ बजेटले व्यापारी वर्ग खुसी भएको तर स्वदेशी उद्योगीहरु भने दुःखी हुनुपर्ने अवस्था सृजना गरेको पनि उनले बताए । कृषि, जलविद्युत, गार्मेन्ट, उनी, धागो लगायतका निर्यातजन्य स्वदेशी उद्योगहरुले बजेटबाट कुनै प्रकारको राहत नपाएको गुनासो उनले गरेका हुन् । कृषि क्षेत्रले पनि बजेटबाट निरासा मात्रै हात पारेको उनको बुझाई देखियो ।

देशभर हजारौैं विगाह जमिनमा व्यवसायी कृषि खेति गरेर माटो ब्राण्डका उत्पादन निर्यातको समेत तयारीमा रहेका गोल्यानले नयाँ बजेट कृषि क्षेत्रका लागि दुर्भाग्यपूर्ण भएको बताएका हुन् । कृषि उपजको भन्सार शुल्क ९ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा सिमित गरिनुले स्वदेशी किसानहरु थप प्रताडित हुने उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘कृषि उपजको भन्सार शुल्क ९ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको छ, जसले स्वदेशी किसानहरु थप मारमा पर्छन्, दिर्घकालिन प्रकृतिका कार्यक्रमहरु सुन्न मात्रै राम्रा हुन, कार्यान्वयन हुँदैनन्, यसापालीको बजेटले कृषि क्षेत्रलाई केहि पनि राम्रो दिएन’, गोल्यानले सिंहदरबारसँग भने ।

निर्यातजन्य उद्योगहरुका लागि खासै गतिलो सहुलियत प्याकेज केहि नआएको पनि उनले बताए । गोल्यानको रिलायन्स स्पिनिङ मिल्स देशकै ठूलो निर्यातकर्ता उद्योग हो । उद्योगीहरुले निर्यातजन्य उद्योगका लागि थप सहुलियत र कामदारका लागि केहि सरकारी सुबिधाको अपेक्षा गरेका थिए ।

अहिलको बजेट बिशेषगरि व्यापारी वर्गका लागि आकर्षक भएको पनि उनले दावी गरे । ‘उद्योगीहरुका लागि बजेटमा खासै केहि छैन, खाली व्यापारीहरुलाई खुसी बनाउने गरि व्यापार सस्तो बनाउन बजेट केन्द्रित भएको देखिन्छ’, गोल्यानले भने ।

उर्जा क्षेत्रले पनि बजेटबाट खासै केहि प्राप्त गर्न नसकेको पनि उनले बताए । धागो, कपडा, गार्मेन्ट, उनी लगायतका निर्यातजन्य उद्योगहरुलाई बजेटले पुरै वेवास्था गरेको पनि गोल्यानको बुझाई छ । ‘बर्षेनी हजारौं रोजगारी सृजना गर्दै आएका र अझै थप रोजगारी सृजना गर्न सक्ने, निर्यातमा ठूलो योगदान दिएका स्वदेशी उद्योगहरुलाई बजेटले पुरै वेवास्था गरेको छ’, गोल्यानले दुःखी हुँदै सुनाए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्