Shikhar Insurance
National Life

मेडिसिटी हस्पिटल र नेपाल एसबिआई मर्चेण्टबीच व्यवसायिक सम्झौता

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३, बिहीबार ११:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल मेडिसिटी हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबीच व्यवसायिक सम्झौता भएको छ ।

सहमतिपत्रमा नेपाल मेडिसिटी हस्पिटलका कर्पाेरेट डेभलपमेण्ट प्रमुख पंकज बास्कोटा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लेखनाथमार्ग ठमेल, काठमाडौं मार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।

NSMBL Exclusive Health Checkup Package अन्तर्गत ४० वर्ष भन्दा माथिका पुरुष तथा महिला, ४० वर्ष भन्दा मुनिका महिला तथा पुरुषहरुलाई औषतमा ४० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत पोख्रेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे भने नेपाल मेडिसिटी हस्पिटलका कर्पाेरेट डेभलपमेण्ट प्रमुख पंकज बास्कोटाले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राखे ।

समारोहमा दुईवटै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्